19 July 2010

हेर्नुस र पत्ता लगाउनुहोस् !!!

ब्लग अपडेट नगरेको पनि धेरै भएको थियो । अस्ति शनिवारको दिन बुढाको अफिसियल र आफ्नो भने अन-अफिसियल भ्रमणको सिलसिलामा एउटा शैक्षिक निकायमा पुगें । धेरैलाई थाहा होला, तर कतिलाई थाहा नहुन पनि सक्छ यो कुन ठाउँ हो भनेर। त्यसैले आजको पोस्टमा यो ठाउँ कुन हो र कहाँ छ केही नलेखि केही तस्बिरहरु मात्रै राख्दैछु :

हुन त माथी भनेजस्तै मेरो यो नितान्त ‘अनौपचारिक’ भ्रमण थियो । तर त्यहाँ पुगेर यो व्यवस्थित, सुन्दर र मनोरम दृश्यहरु भएको शिक्षालयको तस्बिर उतार्दा जत्ति आनन्द आएको थियो, त्यत्तिनै नरमाइलो यस शिक्षालयको वारेमा यथार्थ जानाकरी पाएपछि लाग्यो ।

ल, तपाईहरुनै हेर्नुहोस, यो कुन ठाउँ हो र यहाँ पुग्दा रोमान्च र उदेक दुबै लाग्ने कारण के होला अनुमान गर्नुहोस: (तस्बिर ठूलो बनाएर हेर्न कुनैपनि तस्बिरमा क्लिक गर्नुहोला, सो तस्बिर आफैं अर्को ट्याब वा पेजमा खुल्नेछ )

Nepal College (2)(मुलद्वार बाट प्रवेश गर्ने बित्तिकैको प्रशासकीय भवन)

Nepal College (3)(अन्य भवन र कम्पाउण्ड भित्रको मनोरम दृश्य)

Nepal College (4)(पृष्ठ भागमा हरियो पहाड र व्यव्सथीत भवन, उद्यान)

Nepal College (5)(यो प्रयोगशाला)

Nepal College (6)(बहुउद्देशीय भवन)

Nepal College (7)(प्रशिक्षण भवन)

Nepal College (9)(कक्षाकोठा र अन्य संरचनाहरु)

Nepal College (8)(छात्रावास…)

Nepal(…अनि खुल्ला आकाश, हरीयो डाँडा र अलि पर खेल मैदान)

थाहा पाउनु भयो त यी कुन ठाउँको र कुन शिक्षालयको तस्बिरहरु हुन ?

13 Comments:

दूर्जेय चेतना said...

खै छुट्टाउनै सकिएन। बनेपा तिरको सिलिकन भ्याली त हैन हा हा।। तर जे होस साह्रै सानदार रहेछ है। यसको बारेमा अर्को पोष्ट पनि राखिदिनु होला है।

Aakar said...

If I'm not wrong, this is a polytechnic institute of Banepa, Kavre. Its just a guess, I've never been there...I've just seen that polytechnic institute from my University :D

आश्मा said...

पनौती तिर होला..:)

रूक्मागत शर्मा पौडेल said...

"दिन बुढाको अफिसियल र आफ्नो" भनेर आफ्नो र बुढाको एकसाथ परिचय त दिन खोजे पनि ठेगाना अलि गडबडी भएछः http://http/dacharya.blogspot.com । चित्रहरू सुन्दर लाग्यो। निकै खर्च गरेर बनाएको सम्रचना हो जस्तो छ। जनताको रकम हो कि कस्को हो। अस्पलात अचाल शिक्षण अस्पताल भन्दछन कि क्या हो जस्तो छ प्रयोगशाला पनि रहेछ। खै पत्ता लाउनै सकिएन नि!

डीआर न्यौपाने'सूर्य' said...

म पनि बेखबर नै रहे यो ठाउँवाट तर निकै मनोरम र सुन्दर दृश्यहरु रहेछन। उदेक लाग्दो त खासै केहि भएजस्तो लागेन । मान्छेको चहलपहल चाहि देखिदैन कतै बिदा परेर हो कि ?

Unknown said...

रुक्मागत जी, लिन्क राख्दा गल्ती भएको रहेछ,औंल्याईदिनु भएकोमा धन्यवाद । अहिले सच्याएकी छु ।

यो संरचनाको वारेमा उदेक लाग्ने कुरा भने अनुमान लगाउँदै गर्नुहोला :) (पछि लेख्नेछु )

कृष्ण पौडेल (Krishna Paudel) said...

काठमाण्डु युनिभर्सिटी पो हो कि , बनेपातिर ।

Unknown said...

कमेन्टको लागि सबैमा धन्यवाद । ठाउँ भने आकारजीले सुरुमै मिलाउनु भएकोले भनिरहनु नपर्ला । (हामीले पनि त्यहाँबाट तपाईँको युनिभरसिटि देखेका थियौं :)

उदेक लाग्ने कुरा भने यो हाम्रो सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेर बनाइएको रहेछ (चिनियाँ सरकारको सहयोगमा) । तर हाम्रा संस्थानहरूलाई लाग्ने खालको रोग लागेको ले निर्माण पुरा भएको दुई वर्ष बित्न लाग्दा पनि कक्षाहरू सुरु हुन सकेको रहेन छ ।

१२०० विद्यार्थीको क्षमता भएको यो शिक्षालयमा हाल सिटिईभिटिको कम्प्युटर क्लासमा जम्मा २०-३० जना मात्रै पढ्ने रहेछन् । यत्रो लगानी र यो संरचना यसरी खेर गएको देख्दा उदेक लागेको हो ।

राजेश नतांश said...

मलाई नी अचम्म लाग्यो यसअघि कहिल्यै देखेको थिइन ।

Chaitanya said...

धन्न एकथरी मान्छेको आँखा परेको रहेनछ, नत्र तिनले त्यहीं क्याम्प खडा गर्थे | यति राम्रो सुबिधाको प्रयोग गर्न कुन दुविधाले रोकेको होला सरकारलाई ?

मनु ठाडा मगर (MANU) said...

अचम्मै रहेछ वा‌‌‌‌‌‌‌‌‌‌ तर साच्चै हाम्रा देशमा यस्तै अचम्महरु धेरै छन कतै बिधार्थी थेग्न नसकेर बिजोग कतै बिधार्थी नपुगेर भवनको बिजोग ।

santosh said...

this building is very nice

Urology Surgery in India said...

Thanks for sharing post – much appreciated and now following you! Looking forward to your Post....

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼