19 July 2009

मरुभूमिको मोह र काँडाको सुन्दरता

मरुभूमि- सुख्खा जमीन र कतै कतै भेटीइहाले पनि काँडै काँडा भएको स-साना बुट्यानहरु हुने दुरुह स्थान। जहाँ जो-कोही पनि आफ्नो स्वेच्छाले सायद जान चाँहदैनन् ।

मरुभूमि- नाम नै सुन्दा पनि उदेक लाग्ने स्थान अनी फूलै फूलको बगैँचामा रमाउने मानिसलाई काँडाको नाम सुन्दा पनि मनमा च्वास्स विझेको झै अनुभव हुन्छ ।

तर समयको चक्र पनि अनौठो छ, त्यहि मानिस जसलाई काँडाको नाम सुन्दा पनि मनमा बिझैको जस्तो अनुभव हुन्थ्यो उसैलाई फूलै‍-फूलको संसारमा रमेपछि काँडाको पनि याद आउँछ, हराभरा र उर्वर जमीनको शीतलता र हरियाली पनि धेरै भएपछि, बन्जर जमीन, सुख्का भूमी र उष्ण प्रदेशको बिकटतामा पनि रस र चाख पैदा हुन्छ।

अनी मानिसहरु आ-आफ्ना घरका बगैँचामा समेत दुबोको साथमा केक्टस र सयपत्रीको फुल संगै काँडै काँडाले घोच्ने सिउँडी पनि लगाउँछन । सायद यसले केहिहदसम्म प्राकृतिक सन्तुलनताको पनि परिचय दिन्छ होला।

अघील्लो हप्ता यस्तै मरुभूमि र बन्जर जमीनमा उम्रने केहि विरुवा र बुट्यानहरु भएको बगैँचामा पुगेकी थिएँ, आजको पोष्टमा यस्तै केहि काँडादार र साधाहरण रुपमा मन नपराईने तर फेरी बिस्तारै संकलनयोग्य पनि बन्दै गएका बिरुवा र बुट्यानहरुको तस्विरहरु राख्‍दैछु :

Big Cactus

Butyan  Agavaceae

Cactus 

Cactaceae cacti

17 Comments:

बेदनाथ पुलामी ( उमेश ) said...

आहा ! कति सुन्दर - फुल भए , काडै भए पनी जाती ! आखिर फुल त फुल नै हो , अनि सुन्दर चीज प्रति सबै को ध्यान गैहाल्छ नि !

DEEPENDRA said...

Nice pictures!

दूर्जेय चेतना said...

राम्रो लाग्यो फूलहरु। यो फूलहरुको नाम पनि जान्न पाए अझ राम्रो हु्न्थ्यो की? सिँउडी र केक्टस फरक फरक हैन जस्तो लागेको थियो। सिँउडी पनि केक्टसकै फ्यामेलीमा पर्छ होला। सुन्दर फोटोहरु छन्। नेपालको गोदावरीमा एक पटक देखेको थिए, यस्ता फूलहरु खुब राम्रो पनि हुन्छन्। अझ यो केक्टसको फूलको गमला हामीले प्रयोग गर्ने कम्प्युटरको नजिक राखेमा, कम्प्युटरबाट निस्कने खराब बिकिरणलाई सोसेर लिने हुदा यसले राम्रो पनि गर्छ रे। धन्यबाद सुन्दर फोटोको लागि।

Pratiksha said...

wao! nice pics.....

wordflows said...

मलाइ अन्तिमको फोटो देख्ने बितिकै सिउँडी को अचार याद आयो। मलाइ त्यसको अचार एकदमै मन पर्छ। अनि suger high भयो भने सिउँडी खानाले control मा आउछ।

Shiva Prakash said...

सुन्दर संग्रहहरू !
'''''''''
निश्छल छ फूल
फूलको निश्छलताभित्र
प्रतीक छ प्रेमको
उपमा छ आत्मीयताको
वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ ।
'''''''''
फूलको मौनता कविताबाट ।

Sujan Sharma said...

मेरो पोष्ट पढेर टिप्पणी गर्नुहुने सबै बल्गर मित्रहरुलाई धन्यबाद !!

दुर्जय जी ,मैले तस्बिर लिएको ठाऊँमा भएको नाम नै फोटो मा लेखिदिएको छु तपाँईले माउस लाई तेस्रो र पाँचौ फोटो मा लानु भयो बने नाम देखिन्छ।तेस्रो का जस्ता आकार वा स्वरुप भएका लाई Agavaceae र पाँचौ का जस्ता आकार वा स्वरुप भएका लाई cactaceae भन्दो रहेछ। यो नाम तपाँईले गुगल मा सर्च गर्नु भएमा यस बारेमा धेरै जानकारी प्राप्त गर्न सक्नु हुनेछ।

दुर्जय जी र वर्ड फ्लो जी यसका गुणहरु बताईदिनु भएकोमा पुन:एकपटक धन्यबाद। घ्यु कुमारी को अचार खान हुन्छ भनेर त थाहा थियो तर सिउँडी को अचार पनि खान मिल्छ भनेर चाँही आजै थाहा भयो।

खुल्लामन्च said...

'फुलको आँखामा फुलै संसार, कांडाको आँखामा कांडै संसार ।' मरुभुमिमा फुलाइएका सुन्दर फुल र कांडाहरु साह्रै राम्रो तवरले क्यमेरामा कैद गरी टांस्नुभएको रहेछ । बधाई छ ।

wordflows said...

sorry है मेरो मतलब घ्यु कुमारी नै थियो तर सबैले मेरो घरमा cactus भन्ने भएकोले सिँउडी नै भन्न पुगेछु।

बि. जे. बान्तवा / भोजपुर said...

फुलै- फुलमा त्यो पनि हैन रैछ जिबन काँडा बिच फुल्ने फूल रैछ जिबन- योगेश बैध जीको गित को याद आयो सुजन जी तपाईको संग्रहलय भित्र छिर्दा साँच्चीकै आनन्दमय संग्रहलय सुजन जी धन्यबाद सम्पुर्ण फूलहरुको बर्षाको लागी।

Basanta said...

साह्रै सुन्दर छन् तस्बीरहरु! मरुभूमिमा उम्रिदैंमा सुन्दर नहुने भन्ने त कुरै भएन। जीवन यसैपनि सुन्दर छ। हाम्रो हेराईको कुरो हो।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

हो मरुभूमि बगरको भाग्य लिएर
उम्रन्छु सुक्खा बन्जर भुइंहरुमा,
ताता बालुवाहरुमा,

लुकाएर अनन्त पानीका प्यासहरु
यद्यपि मान्छेका आँखाहरुमा सजिने
कस्तो फुल जस्तो चाह मेरो?

काँडा हुनुको नियती बोकेर पनि ....

ए मान्छे! के तिमी स्विकार्छौ?

हावा De Wind said...

हैन सुजन जी, कमसेकम बिरुवा को नाम त दिनुपर्थ्यो ?! त्यो Sign Post मा लेखेको जस्तो छ.. कि नाम पढन अल्छि गर्नु भो ?...हेहेहे

हावा De Wind said...

ए लौ, मुसालाई फोटो माथी राखेपछी नाम आँफै आउदो रहेछ सरी है सुजन जी,

कृष्ण जी को कविता पनि मजाको छ

दिनेश राज said...

सुजन जी , तपाईंको मेहेनतलाई धन्यबाद । फूलसँगै काँडा पनि हुनुले मान्छेलाई हरेक कुराको दुई पाटा हुन्छन् भन्ने कुरा नभुल्न ,र त्यसलाई प्रकृति को रुपमा बुझ्न सघाइरहेका हुन्छन जस्तो लाग्छ । सुख सँग दुख , फूल सँग काँढा हुनै पर्छ नत्र दुबैको अस्तित्व धरापमा हुन्छ ।

Asha said...

Awesome and attractive flowers ! its blooms with special characteristics though in desert,, no any doubts,nature gots wonderful power within itself.. alas ! if we human being also can smile and can spread our beauty in our difficult times too exactly like these floweres,it would be really effective then...

जोतारे धाइबा (Jotare Dhaiba) said...

मरूभूमिका मोती जस्ता लागे यी तस्बिरहरू ।

काँडाको पनि शाश्‍वत जीवनधारालाई यस पोष्‍टले सार्थकता दिएको छ ।
घ्युकुमारी औषधि भनेर त थाहा थियो , अचार पनि हुने रहेछ ?
लौ, यो त हातलागी टन्नै भयो है मेरो लागि । धन्यवाद !

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼