27 July 2009

सडक देखि सडक सम्म !!

यो हप्तामा खासै ब्लगमा टाँस्न मिल्ने फोटो खिच्ने मौका मिलेन । तर ब्लग अपडेट नगरेको पनि केही समय भैसकेछ । त्यसैले म बस्ने शहरको सार्वजनिक यातायातको स्थिति र यहाँको लथालिङ्ग यातायात व्यबस्थापन बारेको बिगत केही दिन यता स्थानीय पत्रिकामा छापिएका केही फोटोहरु ब्लग मार्फत सबैमा बाँडदैछु ।

नोट: यी सबै फोटोहरु विभिन्न मितिमा प्रकाशित Deccan Chronicle (Daily)  नामक आन्ध्र प्रदेशबाट प्राकाशीत अंग्रजी दैनिक पत्रिकाबाट लिईएको हो ।

 Bike

(हुन त यहाँ १ लाखको कार पनि आईसक्यो, तर ६ जनासम्म लाई त बाईक नै काफी रहेछ!)

scooter

(बर्सादी, छाता सबै छूटेछ—छोरा-छोरी रुझे पनि रुझुन, पहिला आफ्नै टाउको जोगा !)

Auto

(यहाँका स्कूल-अटोमा यस्तो दृश्य भने देखि रहन्छन )

Bus

(तिमी बसमा झुण्डिउ, म तिमीमै झुण्डीन्छु !)

boy standing in Auto (यो चाही एक्सन फ्लिमको असर होला सायद)

Bus pussing by passenger (पेट्रोल वा अश्‍व-शक्ति हैन यो बस नर-शक्तिले चल्छ)

19 Comments:

दूर्जेय चेतना said...

वास्तबमा आज तपाईंको यो ब्लगले मेरो मनमा कता कता लागेको कुरालाई उजागर गरी दिनु भयो। सधैं राम्रो मात्र हैन समाजको नराम्रो पाटोलाई पनि समाबेश गर्नु पर्छ जस्ले गर्दा समाजले सच्चीने मौका पाउछ र हामीहरु पनि यस्तो गल्ती नगरौ भन्ने हुन्छ। तपाईंको यो पटकको पोस्टलाई ११०% ....super.. and the best work ever.. keep it up sujan je..

Basanta said...

गज्जब तस्बीरहरु! हामीजस्तै धेरै रहेछन् कि क्या हो त्यहाँ पनि:)

sangamkirati said...

ओ,हो, हाम्रो नेपालमा मात्र भनेको त त्यहा पनि उस्तै रहेछ।हुन सक्छ हाम्रो बिकृतिको गुरुहरु उनिहरु नै हुन। धन्यबाद सुजन् जि,

डीआर न्यौपाने'सूर्य' said...

यस्ता परिपाटीका कुराहरु हामीलाई सिकाउने त यिनै छिमेकीहरु त हुन नी।
वरपरका सावजनिक फोटाहरु भएपनि बिचारमा शुद्धता थप्ने खालका लागे सुजन जी।

Aakar said...

बबाल छ, स्थिति जहाँ को नि उस्तै हो । तै छिमेक का यी सबै कुराहरु चाँहि हामी कहाँ सरिसकेको रहेनछ ।

कृष्णपक्ष said...

सुजन जी, यो विशेष र असामान्य तस्वीरहरुको रमाइलो टासोले खुब हसायो, विशेष गरि टाउको छोपेको दोश्रो तस्विरमा पुगे पछि मेरो मुस्कान हासोको खित्कामा परिणत भयो, त्यो मान्छे त गज़ब कै रहेछ नि !

Yumesh Pulami said...

गजब पनी हदै सम्मको गजब भो यो पोस्ट -छिमेकमा पनी उस्तै , हुन त एकै ड्याङ्गको मुला न पर्यो |

Shiva Prakash said...

सुजनजी
जिन्दगी यो रहर हैन
वाध्यता पनि हो‌......... !
http://www.nepalimanharu.com/

wordflows said...

very funny

Ramro Nepali News said...

haha ha achamma po 6 hai

HAWA said...

ल सुजन जी, काठमाडौं मा दिक्क लागेर मित्र राष्ट्र तिर लाग्नु पर्‍यो कि सोच्दै थिए बेलैमा तपाईंले त्यहा को अवस्था देखाइदिनुभो...बचियो... भो गइदैन अब मित्र राष्ट्र तिर.. हाम्रो काठमाडौं अझै पनि धेरै राम्रो र ब्यबस्थित रहेछ..हेर त मान्छेको दुर्दशा

Unknown said...

बिकासको ठुलो धमास लगाउने भारतमा पनि यस्तो बिक्रिती ? बिचरा स्कुले ति बच्चाहरुको स्थिती देख्दा दया लाग्यो । मोटरसाइकलमा आठ जना ! अचम्म रच भारतांनी ।

Anonymous said...

Nice post! Though I am familiar with the realities that you have shown here and, I was too planning to write something on this issue at my blog. I took some pictures during my recent visit to Delhi and other places in northern India. Anyway, liked your presentation.

बिमल गिरी said...

Oh very funny.Thank you for the photoes.

Jotare Dhaiba said...

हा.. हा.. हा..
हाम्रो नेपाल त तैविसेक नै छ कि जस्तो लाग्यो । राजधानी काठमाडौँको ट्राफिक अव्यवस्थापन, यातायात साधनको भद्रगोल अवस्था र यहाँका सर्वसाधारण यात्रुको आनीबानीदेखि आजित भइएको थियो, उता छिमेकी मुलुकमा त झन् जात्रा नै रहेछ ।
धेरै विचित्र नमुना सङ्कलन गर्नुभएछ । साह्रै रमाइलो लाग्यो ।
धन्यवाद !

Unknown said...

स्कूल अटोमा देखिने दृश्य र एक्सन फिल्मको असर भन्ने तस्विरहरु चैं साह्रै आँखै घोच्ने लाग्यो । अरु त त्यस्तै हो ।

प्रबिण थापा said...

nice post!

Anonymous said...

Thanks for post. It’s really imformative stuff.
I really like to read.Hope to learn a lot and have a nice experience here! my best regards guys!
--
rockstarbabu
--

seo jaipur--seo jaipur

Diseases and Conditions said...

Thanks for sharing that. It was fun reading it. :-)

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼