05 July 2009

प्रकृतिको लुकामारी

केहि समय अगाडि पानी परेपछी,  मैले यही ब्लगमा बादल, बृष्टी र आनन्द शीर्षक दिएर एउटा सानो टाँसो राखेकी थिएँ । मध्य मनसुन र प्रचण्ड गर्मीको यो मौसममा त्यस्तो बर्षा हरेक दिन नभए पनि धेरै पटक हुनु पर्ने हो । तर यसपाला म बस्ने पुरै प्रदेश भरी पनि सुख्‍खा लागेर फेरी पानी पर्न सकेको छैन ।

Blue sky and white cloud  ( सुख्खा भुमि माथिको निलो आकाश र सेतो बादल)

खेती किसानी गर्नेहरु मात्रै हैनन साधारण शहरवासीहरु पनि आकाशतर्फ हेरेर बर्षाको आश गरेर बसेको हप्तौं भयो । खुल्ला, चकमन्न र उज्यालो आकाशमा यो पोष्ट लेख्दासम्मको अबस्थामा पानी पर्ने कुनै लक्षण देखीएको छैन ।

Bright sky 1 (केही हप्ता देखी आकाश निरन्तर यस्तै सुख्खा छ।)

मौसम परिवर्तन भएर हो वा प्रकृतिले कोप प्रदर्शन गरेर हो, जे होस बर्षा भएको छैन । दिनभरी आकाश खुल्ला हुन्छ, कहिले काही बादल देखिन्छ सबैजना सम्भाव्य बर्षाको संकेत देखेर रमाउँछन अनी एकैछिनमा फेरी बादल छरपस्ट भएर निलो आकाश क्षितिज पारीसम्म फैलन्छ ।

Nature kidding (सुख्खा आकाश मुनिको काकाकुल शहर)

गत केहि हप्ता लगातार पानि नपरेपछि यहाँ सबै धर्म मान्नेहरुले आ-आफ्ना मन्दिर, मश्जिद र गिर्जाघरमा समेत पानीको लागी प्रार्थना गरीरहेका छन ।

Dry sky (शहरबासी लाई जिस्काएर छरपस्टिएको बादल)  

यो हप्ता आन्ध्र प्रदेशका मुख्‍यमन्त्री समेत सहभागी गराएर अष्टोत्तर शतकुण्डात्मक महा वरुण महायज्ञको समेत आयोजना भयो । जसमा सात वटा मुख्य समेत गरी १०८ होमकुण्डमा हवन पनि गरीयो । साथै प्रदेशको प्रमुख १००० हजार मन्दिरमा पनि वरुण यज्ञको आयोजन भएको छ ।

Bright sky (फेरी पनि सुख्खा आकाश)

तर आजसम्म यी कुनै पनि यज्ञको असर भने देखा परेको छैन, हेरौं अगाडी के हुन्छ !

Thirsty city (पून: बर्षातको प्रतीक्षामा शहरबासी)

15 Comments:

दूर्जेय चेतना said...

ओहो गाह्रो होला जस्तो पो छ त सुजनजी यस्तो सुख्खा भयो भने त। हैन पानि त पर्छ होलानी अझै? फोटोहरु राम्रा छन तर सुख्खा आकाश मुनिको काकाकुल शहर देखेर चाडै फेरी पानि परेको खबर सुन्न पाइयोस है भन्न मन लाग्यो।

lefobserver said...

Hello from Greece!

Anonymous said...

Nice pictures! (though I know the post intends to report about the ongoing drought situation in south India). In fact, farmers are affected mostly by the drought condition apart from the rising temperature. Lets hope that there will yet be some late-monsoon rain.

Aakar said...

आकाशमा देखिने बादलका चर्तिकलाहरु पनि गज्जब कै हुन्छन्, हेरिरहुँ जस्तो । चाँडै पानी परोस्, अनि त्यसबेला को कालो बादल पनि हेर्न पाइयोस्, ब्लगमा ।

Yumesh Pulami said...

पानी नपर्नु - यस्पाला प्रकृतिले कोप नै प्रदशन गरेको ठान्नु पर्ला | अनि यो तस्वीर हरु हेर्दा त - भखरै पानी परेर उघ्रिएको आकाश जस्तो लाग्छ - तर बिडम्बना पानी नै नपरेको सुन्दा दुःख लाग्छ |

Basanta said...

बादलहरुको आफनै सुन्दर संसारलाई गज्जबसंग उतारेका छन् यी तस्बिरहरुले! फुर्सद हुँदा बादल हेर्न खुब रमाईलो लाग्छ मलाई पनि, केहि वर्ष पहिला एउटा "Cloud Appreciation Society" को सदस्य समेत बन्न पुगेको थिएँ।

बादलहरु बर्सिउन् पनि र यो खडेरीको अन्त्य होस् भन्ने कामना मेरो पनि!

Anonymous said...

wow !!! what a pic..

बरु कहिले पानी नै नपरोस जस्तो लाग्ने गरि तस्बिर खिच्नु भएछ ...

धन्यबाद है !

wordflows said...

nice picture

छिट्टै पानी परोस्

रुपेश said...

फोटोहरु राम्रा लागे । हुन त सुख्खा याममा यस्तो आकाशको के काम ? तर खुला आकाशको आफ्नै सौन्दर्य छ ।

Jotare Dhaiba said...

कस्ता आइसक्रिम जस्ता मखमली वादलका झुप्पा !!
धेरै मीठो छ तस्बिर । सबै तस्बिर मीठा हुँदैनन् । तर यस तस्बिरको मिठासका पछाडि काकाकुलको राप पनि रहेछ सँगै । मौसम परिवर्तनको विश्वव्यापी असरले अनिश्यका यस्तै वादल उडिरहेका छन् । वर्षा निख्रिएर उघ्रिएको आकाशको यस्तै तस्बिर देख्‍न पाए भोग्नेलाई पनि, खिच्नेलाई पनि र हामी रमितेलाई पनि कति आननद हुनेथ्यो ! त्यो दिन आओस् । चाँडै ।

कृष्णपक्ष said...

आकासको रंगमंचमा यो वादलको लुकामारी हेरिरहू जस्तै लाग्ने ।
अलि अलि चादीको घेरा बोकेर उडिरहेको त्यो बादलको दृश्य हेर्दा लाग्यो
त्यो दिन पनि शायद शहरवासीको प्रतिक्षा अधुरै रह्यो कि?

Unknown said...

पानी बर्षाउन अल्छि गर्ने बादलहरु रहेछन् तर मन लोभ्याउन भने सक्ने । पार्लान् कि त पानी पनि छिट्टै ।

Unknown said...

बाद्ल जस्तै मन नफाटिदिए जाती
सम्बन्धको दुरी अझै हुन्थ्यो कि त जाती ......

Unknown said...

प्रकृतिलाई टपक्क टिपेर ब्लगमा बडो सुन्दर ढंगले राख्नुभएछ ।
दुई शब्द राख्न मन लाग्यो ; (प्रदिपजीको हरफमा );
बाद्ल जस्तै मन नफाटिदिए जाती
अनी बल्ल लाग्ने थियो कि, चोखो मायामा ताती ।

Ramro Nepali News said...

prakiti ko barae ma raicha yo chai chutai prasanga raicha nikai ramro lagyoo

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼