14 January 2010

हैदराबादको हिउँ ???

म बस्ने शहरमा अहिले पनि तापमान ३२ डिग्रीको हाराहारीमा छ भने गर्मीमा ४३-४४ सम्म पनि पुग्छ । तर यो गर्मीमा पनि हिँउ र बरफमा खेल्ने शौख छ भने त्यो पनि पाईन्छ । यो मेरो अघिल्लो पोष्टमा भए जस्तै कुनै कपास वा अन्य कृतिम हिँउको कुरा भने हैन । चिसो र नरम र सेता हिउँ, जुन बन्नलाई तपामान शुन्य भन्दा तलै जानु पर्छ ।

अघील्लो हप्ता फुर्सदको उपयोग गर्दै म पनि पुगेगी थिएँ त्यही हैदराबादको हिउँ खेल्न । माथी नै भनि सकिएको छ यो कपास वा अन्य सेता हल्का बस्तु प्रयोग गरेर बनाईएको हिउँ भने हैन । बास्तबमा यो कृतिम तरिकाबाट बनाईएको प्राकृतिक हिँउ हो । अर्थात यहाँ रहेको snow theme park को हो जहाँ गर्मी ठाउँ र कहिल्यै हिमपात भएको नदेखेकालागि एउटा विशाल “Indoor- snow theme park” निर्माण गरिएको छ ।

अत्याधुनिक चिस्यान प्रविधि प्रयोग गरेर यहाँ जमिनमा हिँउ मात्रै बनाईन्न, हरेक एक घण्टाको अन्तरालमा एकचोटी कृतिम रुपमा हिँउ पारिन्छ पनि ।

बाहिर तपक्रमबाट एकै चोटी यो चिसो क्षेत्रमा प्रवेश गर्दा शरिर तैयार नभैसकेको हुने हुनाले । टिकट लिएर यो Indoor- snow theme park मा छिरेपछि १० मिनेट जत्ति सबैलाई करिब १० डिग्री तापक्रम रहेको च्याम्बरमा राखिन्छ । त्यो भन्दा पहिला हिँउमा हिँडदा लगाउनु पर्ने ज्याकेट, बुट मोजा आदि दिईन्छ र एकैछीन कम तापक्रममा शरिर अनुकूल भएपछी माईनस ५ डिग्री आसपास तपक्रम हुने गरी बनाईएको मुख्य क्षेत्रमा प्रवेश गराईन्छ ।

आजको पोस्टमा यहि गर्मी ठाउँमा कृतिम तरिकाले बनाईएको प्राकृतिक हिउँको तस्विरहरु

Snow (३२ डिग्री बाट शुन्य डिग्री जाने तयारी)

Preparation(पार्कमै वितरीत न्यानो लुगा लगाएर कम तापक्रमको च्याम्बरमा हिउँसंग भिड्ने तयारी गर्दै)

Real artificial snow (कृतिम हिउँमा रमाउँदै)

Snow volleyball (स्नो भलिबलमा रमाउँदै गर्मि ठाउँका भ्रमणकर्ताहरु)

Playing with snow (कृतिम हिमपात –तस्बिरमा सायद राम्रो संग देखिदैन क्यारे)

Ball (हिउँ संग रमाउदै बालबालिकाहरु)

Snow fall(पानी परेको तस्बिर उतार्नु जस्तै पर्दा पर्दैको हिउँ लाई तस्बिरमा उतार्नु पनि गाह्रो हुने रहेछ)

10 Comments:

Unknown said...

रमाईलो पो रहेछ त ।

Ashesh said...

हैदरावादको हिउँ हैन पैसाको हिउँ भन्दा अझ सुहाउला है!!!! क्या रमाईलो आहा.....

Chaitanya said...

खुब रमाइलो रहेछ|यो अनौठो संसारमा कतै हिउँ पार्न पर्ने, कतै हिउँ बढार्न पर्ने! मानिसका अनगिन्ति रहरहरुमध्ये कुनै एकलाई चपक्क समाएर ब्यबसायमा बदल्ने तरिकाको राम्रो उदाहरण हो यो |

sangamkirati said...

सारै रमाईलो ठाउ पो रहेछ त!कहिले कहिँ मुड फ्रेश गर्नको लागि पनि उपयुक्त रहेछ हुनत त्यो पनि एक प्रकारको ब्यापार नै हो!जे भए पनि मान्छे लाई मनोरंजन चाही हुने ठाउ बनाएको रहेछ धन्यबाद सुजन जी!!!!Q

दूर्जेय चेतना said...

त्यही त यहाँ हीउ बढारे हैरान त्या पारेर हैरान। हुन त हिउँ नपर्ने ठाउँमा त निकै रहरनै हुन्छ नि। निकै रमाईलो ठाउँ पो रहेछ त। अनि कुनै शुल्क तिर्नु पर्ने रहेछ सुजन जी? अनि कति जना जति अट्न मिल्ने रहेछ त्यो ठाउँ? हेर्दा त निकै ठूलो पो देखिन्छ त है।
रमाईलो बढि रमाईलो रहेछ है।

डीआर न्यौपाने'सूर्य' said...

हुन त हामी हिउँ को सिरानी मुनि बसेका छौ तर यसरी रमाउने मौका भने पाएको छैन मैले वास्तविक हिउँमा । म पनि एक चोटी यस्तै कृतिम हिउँ मा खेल्न गाको थिए यस्तै रमाइलो भाको थियो । बिगतको स्मरण गराउनु भयो सुजन जी ! रमाइला तस्विरहरुको साथमा ।

Basant Giri said...

आफुलाई जता हेर्यो तेतै सेतै हिउ ले हैरान पारिसक्यो। तपाइको तिर क्रितिम रुपमा भएपनि हिउ पारेर खेल्न पाउने बनाइदेछ। रमाइलो हुन्छ खेल्न लाई मात्रै त। दैनिक जिबनमा केहि फरक नपारे सम्म।

कृष्णपक्ष said...

कृत्रिम हिउँहरुको तस्वीर, साच्चिकै हिउँ भन्दा कम्तिको छैन ।हिउँ खेल्ने मान्छेको रहरलाई यसरी कृत्रिम तरिकाले भए पनि पुरा गर्ने व्यवसायिक आइडिया, खुब रमाइलो लाग्यो । अर्को कुरा तपाइको फोटो ब्लगको नया फेभीकोन पनि राम्रो लाग्यो ।

Dhruba Panthi said...

भारतीयहरुले पनि यतिसम्म गर्न भ्याइसकेछन् है ! हुनत व्यवसायिक सोँचको कुरा न पर्‍यो।

Yumesh Pulami said...

सुजन जी ! एकै छिन हिऊ संग खेलेर रिफ्रेश हुनु भएछ !
हुन् त आज सम्म हिउ संग खेल्ने मौका नै जुर्या छैन - मलाइ त ! तर कतार मा मैले - सिटी सेन्टर सोपिंग महल भित्र त्यस्तै खाल्को सानो , हिउ मा चिप्लेटी खेल्ने ठाउ भने देख्या थिए !
रमाइलो गर्नु भएछ | मलाइ पनि हिउमा खेल्ने रहर जाग्यो !

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼