15 October 2010

फेरि 'बन्द' ????, हैन दसैँ !!!

ब्लग अपडेट नगरेको पनि धेरै भयो । केही कार्य व्यस्तता र केही भने आफ्नै अल्छीपनका कारण धेरै दिन सम्म यो पन्नामा केही नयाँ कुरा हालिएको थिएन । हिजो आफ्नै किनमेलको लागि बाटोमा निस्कँदा अचानक बाटोमा एउटा ‘फोटो ब्लग’ बनिरहेको देखेँ । क्यामरा बोकेकी थिईँन त्यसैले साथमा रहेको मोबाईल क्यामराबाट ३-४ क्लिक गरी हालेँ ।

एउटा अनौपचारिक आँकडाका अनुसार दसैँको समयमा काठमाण्डौबाट करिब ३० देखि ४० % सम्म मानिसहरू बाहिर अर्थात काठमाण्डौबाट आ-आफ्नो घर फर्कन्छन् । त्यसैले भन्नलाई दसैँको रमझम भने पनि दसैँकै बेलाको काठमाण्डौ अरु बेलाको भन्दा केही सुनसान र खाली-खाली जस्तो देखिन्छ ।

बाहिर घर हुनेहरु आ-आफ्ना घर फर्कनाले मात्रै हैन, स्कूल, कार्यालय र प्राय: कुनैपनि किसिमका ओपचारिक कार्यक्रमहरु यो बेलामा नहुने भएकोले काठमाण्डौका सडकमा गुड्ने गाडिको संख्यामा यति बेला उल्लेख्य रुपमा कमी आएको हुन्छ । यसै कारण कुनै कुनै ठाउँमा त यो केही दिन सडक चकमन्न भएर ‘बन्द’ नै भएको हो कि जस्तो पनि आभास हुन्छ ।

हिजोको दिन तुलनात्मक रुपमा अरु दिन भन्दा केही चिसो भएको र बेला बेलामा पानी पनि परेकोले पनि सायद सडक अरु दिनभन्दा सुनसान र खाली थियो हिँजो ।

ल त, दसैँको शुभकामना सहित दसैँले रित्याएको काठमाण्डौका सडकका केहि झलकहरु :

Bandh or Dashain  (2)(बानेश्वर हाइटको यो सुनसान सडक- अरु बेलामा यहाँ 'जाम' नै लाग्ने गर्छ Smile)

Bandh or Dashain  (5)(चाबहिल जोडने कालोपुल- दसैँ लागेर सुनसान छ)

Bandh or Dashain  (3)(रातोपुल बाट गौशाला जाने बाटो--अरु बेलामा यहाँ बाटो काट्न पनि मुश्किल हुन्छ)

Bandh or Dashain  (1)(बन्दको बेलामा बाहेक अरु बेलामा काठमाण्डौमा यस्तो खाली सडक देख्नुभा छ? Open-mouthed smile)

Happy Vijaya Dashami !!!

5 Comments:

वेदनाथ पुलामी (उमेश ) said...

सुमन जी ! टाइटल नै गजब को लाग्यो !
हो नी निकै पो भो त ...ब्लग उप्डेट नगर्नु भएको ! म त कता हराउनु भएछ जस्तो पो लागेको !
लौ मेरो तर्फबाट तपाइँ लगायत तपाइको परिवारलाइमा यस पालिको बिजय दशमीको पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
धन्यबाद ! शुभ होस् ! शुभ रहोस ! Happy Bijay Dashami …

वेदनाथ पुलामी (उमेश ) said...

सरि है सुजन जी लेखेको सुमन भए'छ !

ametya said...

30%-40% chai KTM ma basne haru ko aakada hola vauju during dashain festival ....he he !!!

Jotare Dhaiba said...

दसैँको चकमन्न सडक दसैँपछि हेरियो ! :)
दसैँ मनाउन गाउँ ओइरिने मान्छेहरूले काठमाडौँवालाहरूलाई 'शान्ति' दिन्छन् भाउजू ।

Paresh said...

धूलो उड्न अलि कम होला । स्वास्थ्यको दृष्टिले अलि राम्रो होला । तस्वीर निकै टिपिकल लाग्यो । धन्यवाद ।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼