संसार साघुँरिएर हो वा काम र ठाम त्यस्तै परेर हो, अघिल्लो ३६५ दिनमा नेपाली, अंग्रेजी, दक्षिण भारतको र चिनियाँ गरी ४ वटा नयाँ बर्ष मनाउने अवसर मिल्यो । लाग्छ आजकल मानिसहरुलाई कुनै वहाना मात्र चाहिन्छ रमाईलो गर्ने ।
एक हिसाबले हेर्दा पृथक धर्म वा साँस्कृतिक दायराबाट उठेर अन्य कुनै समुह वा समाजको उत्सबमा यसरी सहभागि हुनुले मानिस मानिस बीचमा सामाजिक भाईचारा, अत्मियता र मेलमिलापको वातावरण सृजना गर्ने भएकोले यो कुरा एकदमै ठीक पनि लाग्छ मलाइ।
अँ त, यसपाला फेरि क्रिसमस र अंग्रेजी क्यालेण्डरको नयाँ बर्षको रमझम र चहलपहल चारैतिर देखिएको छ । यो उल्लासमा मानिसहरु धर्म र संस्कृतिको साँघुरो मानसिकताबाट उठेर रमाईरहेका छन। आजको पोस्टमा यही क्रिसमस र नयाँ बर्षका केही झलकहरु:
(एउटा डिपार्टमेन्ट स्टोरमा राखिएको ११ क्विन्टलको विशाल क्रिसमस केक)
(हिउँ नपरेसम्म क्रिसमस आए जस्तो नै लाग्दैन)
(क्रिसमस ट्रि नै नराखि झन कसरि क्रिसमस मनाईन्छ र)
(बाहिर तापक्रम २९ डिग्रि हुँदा पनि यति बाक्लो हिउँ ?)
(राम्रो संग हेर्नुस त यो सबै कपासकै कमाल हो)
(कपासकै हिउँ र पलास्टिककै सान्टाले भए पनि बातावरण क्रिसमसमय बनायो)
Happy New Year To All !